लामिछानेको कृति ‘अल्टिमेटम आकाश’ तीन कुलपतिद्वारा विमोचन 

काठमाडौँ, १ कात्तिक : ‘अल्टिमेटम आकाश’ उपन्यास आज लोर्कापण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले संयुक्त रुपमा सो कृति लोकार्पण गर्नुभयो ।

जनमत प्रकाशनले प्रकाशनमा ल्याएको सो कृतिका लेखक सन्तोष लामिछाने हुन् । यसअघि अमेरिका र बेलायतमा यसको अङ्ग्रेजी संस्करणमा लोकार्पण भइसकेको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएका लामिछानेको यसअघि ‘चामल खानेहरु र चौलानी पिउनेहरु’ कविता सङ्ग्रह प्रकाशित भएको छ ।

कृतिको विमोचन गर्दै–नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यमा अभिरुची राख्ने लेखकले नेपाली लबज भने बिगार्न नहुने राय व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र साहित्यकार डा जिवेन्द्रदेव गिरीले कृति पठनीय र सङ्ग्रहनीय रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.