फेवा किनारामा अन्तराष्ट्रिय कला प्रदर्शनी 

पोखरा, १८ असोज : फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ विदेशी कलाकार र पोखराका नौ कलाकारको संयुक्त प्रदर्शनी गरिएको छ ।

नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार बिहानदेखि बेलुुकासम्म प्रदर्शनी अबलोकन गर्ने व्यवस्था मिलाइएको छ । नेपालीहरूको महान चाड दशैँको अवसर पारी आयोजित प्रदर्शनीमा २० कलाकारका ३३ कलाकृति राखिएका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.