‘ओझेलका यथार्थहरु’ विमोचित 

विराटनगर, १३ असोज : इतिहासकार प्राडा गणेशप्रसाद क्षेत्रीद्वारा लिखित ‘ओझेलका यथार्थहरु’ नामक पुस्तक लोकार्पण भएको छ । वेद, पुराण, महाभारत र अन्य धार्मिक किताबका विकृति, विसङ्गतिका विरुद्धमा र असल समाज निर्माण गर्न तथा सांस्कृतिक रुपान्तरण गर्न प्रकाशित किताबले मद्दत गर्ने भनिएको छ ।

किताबमा प्राध्यापकद्वय कृष्ण पोखरेल र बद्रीविलाश पोखरेलले टिप्पणी गर्दै वैदिककालदेखि उत्तर वैदिक कालसम्मको पक्षलाई प्रक्षेपण गरेर निकालिएको यो किताब राष्ट्र र समाजको गहना हो भन्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नवप्रकाशित पुस्तकको विमोचन गर्दै आडम्बरी सोचबाट देश निर्माण गर्न नसकिने भएकाले देश र जनताका निम्ति निष्ठा र इमानको आवश्यकता छ भन्नुभएको छ । इमान र नैतिकताको खडेरी रहेको समयमा प्रकाशित किताबले धेरै मद्दत गर्ने भन्दै मुख्यमन्त्री राईले गलत संस्कृति र विचारसँग जुध्न किताबको सन्देशले बल पु¥याउने कुरामा जोड दिनुभयो ।

उहाँले जात, धर्म, भाषा र भूगोलका नाममा देशलाई विभाजित गर्न खोज्ने तत्व टिक्न नसक्ने दाबी गर्नुभयो । उहाँले फरक धार र सोचबाट लेखिएको यो पुस्तक युग सुहाउँदो भएको र यसको प्रयोग तथा अध्ययनबाट देशको विकास गरी समृद्ध प्राप्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य विनोद ढकालले यस पुस्तकबाट आधुनिक नेपाल निर्माणमा बल पुग्ने विचार व्यक्त गर्नुभयो । लेखक क्षेत्रीले राष्ट्रिय र सामाजिक विषयका विकृति र विसङ्गतिलाई हटाउन तथा अन्धविश्वासबाट माथि उठी समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न किताबले थोरै भए पनि मद्दत गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.