‘रौनक  दशैंको’ (कविता)

नझरी देखिन्छ  गगनबीच त्यहाँ

बोलाउँदैछिन  नवमन्जरी एक सुस्केरामा

उठ हे जाग अब बस्तिहरु सरद  ऋतुको आगमन द्वार बनाउनलाई ||

 

खुल्न थाले  देबल सतलहरु घन्टी टङटङ बजाउँदै

धाउन थाले  भक्तजनहरु मठमा दियो जलाउँदै

आभास  पक्कै दिलाउँदै छ घर आँगनबीच हो कि दशैँ पर्वको

खुशी  रहोस तनमन सबको बनी  सबैको हर्षको  ||

हटाइ धुलो मैलो स्वच्छ सफा राखी  भित्ता रङ्गाउँदै

खुल्छ ज्योती वरपर चाँदनी  रात बनी जगमगाउँदै

कुर्छन दोबाटो आफन्तजनले परदेशी आउने भोलि भन्दै

आशाका त्यान्द्रा मेटिन्छ  जब  भेट भई परदेशी  कथा सुन्दा ||

 

झुलि लिङ्गे पिङ सरर कराउँदै चच हुइँका स्वरमा

के बालक  बृद्ध के सब मग्न छन्  आफन्तबीच  वरिपरि

बडादशैं नै बन्यो  मिलापको  थलो  भेट्ने  रमाइलो चौतारी ||

 

थाप्छन् टीका निधारमा  माग्दै  आशिर्बाद बडाबाट

पुर्खाले ल्याएको थिति यो सिक्नुपर्छ  तिनैबाट

बर्ष दिनको पर्ब यो मान्न पाईन्छ कहाँ घरिघरि

सस्कार सस्कृति पहिचान नेपालीजनको  मनाउँदै जाऊँ आफ्नो औकात हेरी ||

 

हरी डाँगी

मोरङ्ग, हाल :गोकर्णेश्वर नगरपालिका – ८

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.