सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित

इनरुवा, २४ भदौ : सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ ।

जिल्लामा आव २०७४/०७५ मा तीन लाख ९२ हजार ७७३ को सङ्ख्यामा गाईपालन गरिएको थियो भने आव २०७५/०७६ मा बढेर तीन लाख ९५ हजार ६०० पुगेको विज्ञकेन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा आव २०७४/०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को सङ्ख्यामा गाई रहेका थिए भने आव २०७५/०७६ मा दुई लाख ७६ हजार ९२० को सङ्ख्यामा स्थानीय जातका गाई रहेका विज्ञ केन्द्रको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आव २०७४/०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५/०७६ मा ९४ हजार ९४४ को सङ्ख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । त्यसैगरी आव २०७४/०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५/०७६ मा २३ हजार ७३६ को सङ्ख्यामा उन्नत जातका गाईपालन भइरहेका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.