दक्ष जनशक्ति उत्पादन गर्दै पाटा नेपाल

काठमाडौँ, २६ साउन : ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्ष्य गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ ‘प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर’द्वारा आयोजित मानव संशाधन तथा जनशक्ति विकास तालीम आज सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा पाटाले शुक्रबारदेखि कास्कीको पोखरामा सञ्चालन गरेको उक्त तालीममा ६६ जनाको सहभागिता रहेको सो संस्थाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सहभागीलाई थाइल्यान्डस्थित ‘विनिङ्ग एड्ज’का प्रबन्ध निर्देशक डा बर्ट भान वालबिकले प्रशिक्षण दिनुभएको थियो ।

‘माइस टुरिज्म’ तथा ‘स्पेशल इन्ट्रेस्ट टुरिज्म’ को प्रवद्र्धन तथा बिक्रीसम्बन्धी आवश्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहभागीलाई पर्यटकको आवश्यकता र बजारक्षेत्र अनुरुप ‘प्याकेज’ निर्माण, ‘प्रोडक्ट’ एवं गन्तव्यको दिगो प्रवद्र्धन तथा बिक्री गर्न सहभागी स्वयम आफैले कार्यान्वयन गराउने र नतिजा मुल्याङ्कन गर्न सक्ने आवश्यक विधि, उपकरण र रणनितीलगायत विषयमा जानकारी गराइएको थियो ।

प्रशिक्षक डा भानले नेपाल गन्तव्य प्रवद्र्धनका निम्ति सबै एकीकृत भई अघि बढेमा भ्रमण वर्षले अपेक्षित उपलब्धि प्राप्त गर्नसक्ने धारणा राख्नुभएको थियो । उहाँले कुनै पनि पर्यटक होटल, एयरलाइन्स, रेस्टुरेण्ट, ट्राभल एजेन्सी वा अन्य कुनै सेवा प्रदायकद्वारा नभई उसले गन्तव्यको यात्रा आफै निर्धारण गर्न सक्ने बताउनुभयो ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम कार्यक्रमका सहभागीलाई आ–आफ्नो उत्पादन तथा सेवाको प्रवद्र्धन तथा बजारीकरणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । सरकारले भ्रमण वर्ष अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सफल पार्न पर्यटकीय पूर्वाधारसँगै जनशक्ति आवश्यक भएको होटल एशोसिएशन अफ नेपाल (हान)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.