एभिसी भलिबलः तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, २ भदौ : तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ सेटमा पराजित गरेको हो । तुर्कमेनिस्तान ३२–३०, २५–१६, २७–२५ र २६–२४ अङ्कले हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको तुर्कमेनिस्तानले दुई अङ्क जोडेको छ ।

नेपालले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा सात राष्ट्रको सहभागिता छ । आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् । नेपालले अहिले साँझ किर्गिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.