राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने

काठमाडौँ, २४ साउन : आसन्न एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ ।

नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने लागेको नेपाल भलिबल सङ्घले जनाएको छ ।

नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते काठमाडौँमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै एभिसी सेन्ट्रल जोन भने आगामी भदौ २ देखि ७ गतेसम्म सञ्चालन हुनेछ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित साबिक विजेता तुर्कमेनिस्तान, अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् ।

उक्त प्रतियोगिताका लागि नेपालले राष्ट्रिय भलिबल टोलीको घोषणा गरिसकेको छ । जसमा इमबहादुर मगर (कप्तान), धनबहादुर भट्ट क्षेत्री, विशाल विक, टेकराज अवस्थी, हरिबहादुर अधिकारी र दुर्गा खड्का छन् ।

त्यसैगरी दीपकराज जोशी, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, राजकुमार निरौला, हरिहजुर थापा, कुलबहादुर थापा, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.