कवि तथा गीतकार अधिकारीको ‘अनवरत’ सार्वजनिक

काठमाडौँ, ५ असोज : कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम साङ्गीतिक एल्बम ‘अनवरत’ सार्वजनिक भएको छ । गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, सङ्गीतकारद्वय दीपक जङ्गम र शक्ति बल्लभसमेतले सार्वजनिक गर्नुभएको उक्त एल्बम विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो ।

सात गीत रहेको उक्त एल्बममा रहेका सबै गीतमा सङ्गीतकार राजकुमार बगरको सङ्गीत छ । गीतकार अधिकारीको ‘अनवरत’ १४ औँ एकल साङ्गीतिक एल्बम हो । नयाँ पुस्ताका गायकगायिकाको बाहुल्य रहेको एल्बममा रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, निशा देशार, राज सिग्देल, प्रवीण अधिकारी, श्रेयसी चेमजोङ, सिडी विजय र प्रताप दासले स्वर दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.