स्थानीय तह र प्रहरीको समन्वयमा मौलिक संस्कृतिका रुपमा तीज मनाउन आग्रह 

काठमाडौँ, २७ साउन :
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिका रुपमा मनाउन अनुरोध गरिएको जानकारी गराउनुभयो ।

काठमाडौँका स्थानीय तहका जनप्रतिनिधिले पछिल्लो पटक तीज मनाउने क्रममा मौलिक संस्कृति मेटिँदै गएको भन्दै प्रशासनमा आएपछि भड्किलो नभई शान्तिपूर्ण तरिकाले तीज मनाउन आग्रह गरिएको उहाँले बताउनुभयो । “तीज चाँडको आफ्नै मौलिक विशिष्टता एवं सामाजिक परम्परा कायम रहेको छ । माइती र चेलीलाई मात्र नभएर सिङ्गो समाजलाई जीवन्त, मौलिक र पारस्पारिक सम्बन्धलाई यसले जोडेको देखिन्छ” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

सूचनामा पछिल्लो समयमा तीज आउनुभन्दा धेरै पहिलेदेखि यस पर्वका नाममा बढ्दो तडक भडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनी, प्रदूषण र चोरी हुने जस्ता विकृतिजन्य क्रियाकलापले तीज पर्वको मौलिकतामा माथि आँच पुगको उल्लेख छ ।

प्रशासनले छुट्टै सामाजिक र मौलिक विशिष्टता कायम रहेको चीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व कायम राख्नसमेत अनुरोध गरेको छ । केही वर्ष यता काठमाडौँमा तीज मनाउने क्रममा मौलिक संस्कृति बिर्सदै पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँमा भड्किलो खर्च गर्दै मनाउन थालिएको छ । हिन्दू महिलाले सदियौँदेखि मनाउँदै आएको हरि तालिका तीज यसवर्ष आगामी भदौ १६ गते परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.