नेप्से झिनो अङ्कले सुधार

काठमाडौँ, ४ भदौ : कहिले घट्ने तथा कहिले बढ्दै असन्तुलित अवस्थामा रहेको शेयर बजार आज भने स्थिर जस्तै देखिएको छ । शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुगेको छ । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.०४, होटल १५.१८, जलविद्युत् २.३५, निर्जीवन बीमा ५.९, उत्पादन ७.४४, लघुवित्त १.२४, जीवन बीमा ६.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । व्यापार ७.१, विकास बैंक ०.४५, वित्त ०.१ र अन्य उपसमूह ६.९१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड २० लाख २१ हजार ६४४ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै माछापुच्छे« बैंक रु दुई करोड ८५ लाख ८४ हजार सात, एनआइसी एशिया बैंक रु एक करोड ७२ लाख ६३ हजार ६१५, नवील बैंक रु एक करोड छ लाख सात हजार २८८, रसुवागढी जलविद्युत् कम्पनी रु ९४ लाख ४८ हजार ३१५ र कृषि विकास बैंक रु ८९ लाख ३१ हजार ८४६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कारोवारका आधारमा आज विशाल बजार कम्पनीका शेयरधनीले बढी कमाए । सो कम्पनीका शेयरधनीले ५.७३ प्रतिशतले कमाए । यस्तै पाँचथर पावर कम्पनी ४.८१, जानकारी फाइनान्स ४.२८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.७७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.४४, नाडेप लघुवित्त वित्तीय संस्था ५.२५, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ५.१३, माउण्टेन हाइड्रो ४, अपि पावर कम्पनी ३.८१, र छ्याङ्दी हाइड्रोका शेयरधनीले ३.७९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.