जनताको मुहारमा हाँसो ल्याउन र उज्यालो बनाउन सरकारलाई अध्यक्ष थापाको सुझाव

काभ्रेपलाञ्चोक, २४ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई जनताको मुहारमा हाँसो ल्याउन र उज्यालो बनाउन सुझाव दिनुभएको छ ।

पार्टी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुईदिने प्रशिक्षक प्रशिक्षणको उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले भन्नुभयो, “जनताको प्रजातन्त्रलाई बलियो बनाउनुस, नेपाली जनताको मुहारमा हाँसो ल्याउनुस् र उज्यालो मुहार बनाइदिनुस् ।” उहाँले सरकारले जनताको मुहारमा हाँसो ल्याए आफ्नो पार्टीको एजेण्डा आफैँ महत्वहीन भएर जाने दाबी गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले वर्तमान सरकारले जनताले चाहेको परिवर्तन ल्याउन नसके स्वाभाविक रुपमा विकल्प खोज्ने बताउनुभयो । “वर्तमान सरकारले गणतन्त्रको पक्षमा आफूलाई स्थापित गर्नुभएको छ, गणतन्त्र वा राजतन्त्र व्यवस्था हैन शासकीयस्वरुप हो, तर व्यवस्था भनको प्रजातन्त्र र लोकतन्त्र हो”, उहाँले भन्नुभयो । उहाँले सङ्घीयता तथा स्थानीय सुदृढस्वायत्त शासन व्यवस्था राज्यको संरचना भएको बताउँदै व्यवस्था भनेको प्रजातन्त्रनै भएको दोहो¥याउनुभयो ।

अध्यक्ष थापाले धर्म निरपेक्षता पनि व्यवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“धर्म निरपेक्षता सामाजिक, सांस्कृतिक अवधारणा मात्र हो, त्यो असफल भए फर्ने सकिन्छ, तर जनतामा निहीत सार्वभौमसत्ता परितर्वन गर्न सकिँदैन ।” राप्रपा संविधान र व्यवस्थाविरोधी नभएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “राप्रपा मन, वचन र कर्मले जनताको सर्वोच्चता र लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी हो ।” उहाँले आगामी मङ्सिर महीनालाई गाउँ फर्क महीनाकोरुपमा लिई पार्टीका सबै तहका कार्यकर्तालाई एक महीना आ–आफ्नो गाउँमा सङ्गठन विस्तार गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहोरा र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले विभाजित पार्टीलाई एक बनाइने बताउनुभयो । प्रशिक्षण विभागप्रमुख भुवन पाठकले यो वर्ष पार्टी सङ्गठन विस्तारको वर्ष भएकाले जिल्लागत तथा स्थानीय तहगत रुपमा प्रशिक्षण गर्दै जाने बताउनुभयो । जिल्लाध्यक्ष टुल्कु लामाले प्रशिक्षणमा मुलुकका ६० जना सहभागी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.