‘पार्टीले समय अनुसार सिद्धान्त परिमार्जन गर्नुपर्ने’

काठमाडौँ, २४ साउन : राजनीतिक दलले समयअनुसार आफ्ना पार्टीका सिद्धान्तलाई लागू गराउनुपर्ने राजनीतिक विश्लेषकले बताउनुभएको छ ।

समाजशास्त्रीय समाजले आयोजना गरेको ‘हामीले चाहेको लोकतन्त्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक प्रा डा कृष्ण खनालले राजनीतिक दलले पुरानो विचार लादेर राजनीतिक गरिरहेका बताउनुभयो ।

“कम्युनिष्ट पुष्पलाल श्रेष्ठको र नेपाली काङ्ग्रेस बिपी कोइरालाको बिचारमा अहिले पनि अघि बढेको छन्”, उहाँले भन्नुभयो, “अब समय परिस्थितिअनुसार नयाँ बिचारलाई दलले आत्मसाथ गर्नुपर्दछ ।” उहाँले पुराना बिचारलाई त्यागी समयअनुसार नयाँ बिचारको प्रादुभाव गर्नु आवश्यकता रहेको धारणा राख्नुभयो ।

नेपालमा पटक–पटक पार्टीले नीति सिद्धान्तअनुरुप गलत गरे पनि नेतृत्वमा बस्ने नेताको गलत आचरण रहेको भन्दै उहाँले गलतकार्य गर्ने नेतालाई पाखा लगाउनुपर्ने बताउनुभयो । उहाँले पार्टी हारिरहेका बेला नेता जित्ने लोकतन्त्र मुलुकमा रहेकाले त्यसो हुन नसक्ने जिकिर गर्नुभयो ।

“पार्टी हारेका बेला त्यो पार्टीको नेता पनि हार्दछ”, उहाँले भन्नुभयो, “पार्टी हार्ने र नेता जित्ने लोकतन्त्र हुदैन ।” उहाँले मुलुकमा लोकतन्त्र आए पनि प्रणाली बनिनसकेकाले मुलुकको विकास हुन नसकेको बताउनुभयो ।

अर्का राजनीतिक विश्लेषक हरि शर्माले लोकतन्त्रमा जनताले मतदान गरेर बस्नुमात्र नभइ सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । “हामीले खोजेको लोकतन्त्र मतदान गरेर पाँच वर्षसम्म जनता चुप लाग्नु मात्र होइन”, उहाँले भन्नुभयो, “जनताले सरकारका नराम्रा कुराबारे खबरदारी गर्नुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.