मासातुस्गु आस्कावा एडिबीको अध्यक्ष 

काठमाडौँ, १६ मङ्सिर : एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ ।

बैठकले उहाँलाई सर्वसम्मत रुपमा चयन गरेको हो । उहाँले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.