एक वर्षमा डेढ लाख सिरियाली स्वदेश फर्केको जोर्डनको भनाइ 

अम्मान, ३१ भदौ : सन् २०१८ को अक्टोबरदेखि अहिलेसम्म डेढ लाख सिरियाली स्वदेश फर्केको जोर्डनको गृहमन्त्रालयले मङ्गलबार जारी एक तथ्याङ्कमा जनाइएको छ ।

फिर्ता भएका एक लाख ५३ हजारमध्ये सवै जोर्डनको जाबेर सीमा नाका हुँदै स्वदेश फर्किएका हुन् । उनीहरूमध्ये ३३ हजार संयुक्त राष्ट्रसंघद्वारा शरणार्थीको मान्यता प्राप्त सिरियाली रहेका जोर्डनले बताएको छ ।

मन्त्रालयले स्वेच्छिकरूपमा फर्किन चाहने सिरियाली शरणार्थीलाई सहजीकरण गरेर स्वदेश फिर्ताका लागि सहयोग गर्ने बताएको छ ।

शरणार्थीमामिला हेर्ने राष्ट्रसंघीय निकाय ९यूएन्एचसीआर० का अनुसार जोर्डनमा रहेका सिरियालीमध्ये छ लाख ५० हजारले शरणार्थीको रूपमा मान्यता पाएका छन् ।

सन् २०११ मा सिरियामा शुरू भएको युद्धका क्रममा कम्तीमा १३ लाख शरणार्थी जोर्डन पुगेका जनाएको अम्मानले छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.