हुवावेको ५जी स्मार्टफोनको बिक्री शुरु

शेन्जेन, १० साउन : चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ ।

हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स (५जी) ले चीनमै ५जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताउनुभयो ।

बालोङ ५००० युक्त यो स्मार्टफोनमा अति सानो एवं शक्तिशाली किरिन ९८० चिपसेट रहेको छ ।

हुवावेले नयाँ स्मार्टफोनको माग हुन थालिसकेको जनाएको छ । शेन्जेनमा शुक्रबार अपराह्न यस सेटको मूल्य करिब ८९८ अमेरिकी डलर रहेको छ । यो सेट अगष्ट १६ देखि बजारमा व्यापक रुपमा उपलब्ध हुँदैछ ।

शुक्रबार हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्टस्क्रिन पनि बजारमा ल्याउँदैछ जसले टेलिभिजन व्यवसाय पनि शुरु गर्दैछ ।

स्मार्टस्क्रिनले एकै पटक धेरैवटा डिभाइसलाई जोड्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.