भवन विहिन नेपाल विधि विज्ञान प्रयोगशाला

काठमाडौँ, ६ साउन : अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा छ ।

सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताउनुभयो । तर जनशक्तिलाई काम गर्नका लागि पर्याप्त स्थानको अभाव रहेको छ । सरकारले प्रयोगशालामा गत आ.व.मा मात्रै नौ जना प्राविधिक जनशक्ति पठाएको थियो । नयाँ आएका कर्मचारीलाई समेत राम्ररी काम गर्ने वातावरण तयार गर्न नसकिएको दाबी गर्दै उहाँले भन्नुभयो, “भवन नभएपछि हामीले गर्ने काममा प्रत्यक्ष असर परिरहेको छ ।”

निमित्त कार्यकारी अधिकृत शाक्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भवन आवश्यक भएको र त्यसका लागि जग्गाको माग गरेको बताउनुभयो । प्रयोगशाला अहिले रहेको भवनसमेत प्रतिष्ठानको नाममा छ । उहाँले भन्नुभयो, “जग्गा उपलब्ध भएपछि हामी भवन निर्माण गर्ने छौं ।”

प्रयोगशालाले वैज्ञानिक प्रविधिबाट औंठा छाप, रगतमा मदिराको मात्रा, मानिस र जनावरको डिएनए परीक्षणलगायतका कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.