पूर्वाञ्चल विश्वविद्यालयबाट दुई हजार ४३ विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा कला,ब्यवस्थापन र कानुनमा स्नातकोत्तर तहको उपाधी ग्रहण गरेपछि अधिवक्ता लक्ष्मण थपलियालगायत ।

इटहरी, २८ मङ्सिर : पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारतको गुहाटी विश्वविद्यालय आसामका उपकुलपति प्रो प्रतापज्योति हेन्डिक रहनुभएको थियो ।

शिक्षामन्त्री पोखरेलले दीक्षित उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई निष्ठापूर्वक देशको उन्नति हुने पेशा तथा आफ्नो दक्षतालाई सहीरूपमा सदुपयोग गर्दै मर्यादित भएर गुणस्तरीय काममा लाग्न सहमत हुनुहुन्छ भन्दै बचनवद्धता गराउनुभएको थियो ।

विश्वविद्यालयका सूचना अधिकारी फणिन्द्र गौतमका अनुसार दीक्षित हुन चार सङ्कायबाट करीब नौ हजार विद्यार्थी सूचीमा समावेश भए पनि समारोहमा दुई हजार ४३ मात्र उपस्थित भएर दीक्षित भएको बताउनुभयो । विश्वविद्यालयअन्तर्गत करीब ३७ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.