पोर्चुगलमा गम्भीर रोगका कारण थला परेका छन गुरुङ

लिस्बन, २३ साउन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा पर्नुभएको हो ।

गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आउनुभएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित हुनुहुन्छ । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुग्नुभएका गुरुङले मिर्गौला पीडित भएको थाहा पाउनुभएको हो । रु ११ लाख खर्च गरी उहाँ पोल्याण्ड आउनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ ।

चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.