बस्नेतको शव घर पठाइयो 

लिस्बन, २० साउन : पोर्चुगलमा निधन भएका एक नेपालीको शव घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको शव आज नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा शव नेपाल पठाइएको उहाँले बताउनुभयो । पेटमा सामान्य समस्या देखिएपछि बेजास्थित शान्तियागो अस्पताला भर्ना गरिएका बस्नेतलाई चिकित्सकले गम्भीर प्रकृतिको क्यान्सर भएको बताएका थिए । तीन साताको उपचारपछि बस्नेतको बुधबार राति निधन भएको हो । बस्नेत वैदेशिक रोजगारीका सिलसिलामा चार महीना अगाडि पोर्चुगल आएका थिए । उनी यहाँस्थित जम्बुुजिरामा रहेको ‘पिसफुल प्लानेट’ कृषि कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.