थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

काठमाडौँ, ६ साउन : काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली राजदूतावासमा निवेदन दिएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ । कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत नेपाली प्रशिक्षार्थीहरु थाइल्याण्डको बैंककस्थित अन्तर्राष्ट्रिय होटेल तथा एअरलाइन्स स्कुलमा फुड एण्ड बेभरेज तालीमका लागि भनी थाइल्याण्ड गएका थिए ।

राजदूतावासको पहलमा १० जना प्रशिक्षार्थीमध्ये यही साउन १ गते तीन र साउन ३ गते बाँकी सात जनालाई उद्धार गरी नेपाल फकाइसकिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाली विद्यार्थीले कन्सल्टेन्सीमार्फत विदेशस्थित शैक्षिक संस्था तथा तालीम प्रदायक संस्थामा अध्ययन वा तालीमका लागि जानुभन्दा अगाडि त्यस्ता संस्थाका बारेमा विस्तृत जानकारी लिन र यकिन गरेर मात्र प्रक्रिया अघि बनाउन उपयुक्त हुने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.