लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

काठमाडौँ, २२ असार : लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ ।

युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि उक्त मन्त्रालयले बताएको छ । यही असार १७ गते भएको हवाई आक्रमण परी श्रेष्ठसहित ४० आप्रवासी र शरणार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.