लिबियामा नेपाली मारिए

काठमाडौँ, १९ असार : युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् ।

मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ ।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो । यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ । त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.