मुम्बईमा रेलबाट खसेर एक युवकको मृत्यु

अछाम, २० जेठ : भारतको मुम्बईमा रेलबाट खसेर यहाँका एक युवकको ज्यान गएको छ । मङ्गलसैन नगरपालिका–८ वलिगाउँका ३० वर्षिय मोहन परियारको भारत गुजरातको बापीबाट महाराष्ट्रको मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर ज्यान गएको हो ।

रेलबाट खसेका मोहनको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेका उनका गाउँले कमल रावलले जानकारी दिनुभयो । नेपालबाट गएकी श्रीमतीलाई लिन बापीबाट मुम्बई जाँदै गरेको अवस्थामा रेलबाट खसेर घटनास्थलमै ज्यान गएको रावलले बताउनुभयो ।

गुजरातको बापीमा काम गर्दै आएका मोहन आफन्तसँग महाराष्ट्रको ठाणेसम्म पुगेकी श्रीमती डुप्की परियारलाई लिनका लागि रेल यात्रा गर्दै त्यहाँ गइरहेका थिए । घरबाट आएकी श्रीमती डुप्की परियार भेट्न नपाउँदै ठाणे जाने क्रममै मुम्बईको पालघरमा मृत्यु भएको हो । भारतको पालघरमा शवपरीक्षण भएपछि आफन्तले शव बुझेर आज दाहसंस्कार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.